दफा ३३
खोप कार्ड माग गर्न सक्ने
: (१) विद्यालयले बालबालिका भर्ना गर्दा निजको संरक्षक वा अभिभावकसँग बालबालिकालाई दिइएको खोप कार्ड माग गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खोप कार्ड पेश गर्न नसकेको कारणबाट मात्र कुनै पनि बालबालिकालाई विद्यालयमा भर्ना गर्नबाट बञ्चित गरिने छैन ।
(३) विद्यालयले खोप कार्यक्रममा समावेश भएको खोप नलिएका बालबालिकाको अभिलेख राखी सोको प्रतिवेदन स्थानीय सरकारी स्वास्थ्य संस्थामा पठाउनु पर्नेछ ।